सकियाे उपराष्ट्रपति निर्वाचनको मतदान

काठमाडाैं । उपराष्ट्रपति निर्वाचनको मतदान सकिएको छ ।

अब केहीबेरमै मतगणना सुरू हुने राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

निर्वाचनमा संघीय संसद्का ३ सय ३४ र प्रदेशसभाका ५ सय ५० सांसद मतदाता रहेकाकोमा संघतर्फ ३११ र प्रदेशसभा तर्फ ५१८ गरी ८२९ सांसदले मतदानमा भाग लिएका हुन् ।

प्रेम सुवाल, वर्षमान पुन (बिरामी), चन्द्र भण्डारी (बिरामी), लक्ष्मी कोइरी, शाहनाज रहमान (मृत्यु), रामचन्द्र पौडेल (राष्ट्रपति) र मनोरमा शेरचन तथा राप्रपाका १४ जना सांसदले चुनावी प्रक्रियामा भाग लिएनन्।

शुक्रबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान भएको थियो । साँझ ६ बजेभित्र निर्वाचनको परिणाम सार्वजनिक गर्ने आयोगको तयारी छ ।

उपराष्ट्रपतिका लागि एमालेकी अष्टलक्ष्मी शाक्य,जसपाका रामसहाय प्रसाद यादव र जनमतकी ममता झा चुनावी मैदानमा छन् ।

यादवलाई सत्ता गठबन्धन दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायत दलको समर्थन रहेको छ भने झालाई जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन गरेका छन् ।

शाक्यलाई एमालेको मात्रै समर्थन छ ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७