उपराष्ट्रपतिको निर्वाचनको मतगणना सुरु

काठमाडौं । उपराष्ट्रपतिको निर्वाचनको मतगणना सुरु भएको छ ।

उपराष्ट्रपतिको निर्वाचनका लागि शुक्रबार भएको मतदान सकिएको केही समय पछि नयाँ बानेश्वरस्थित संसद् भवनमा नै मतगणना सुरु भएको हो ।

बिहान १० देखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म सकिएको थियो ।

मतदानमा ३११ सङ्घीय सांसद र ५१८ प्रदेशसभा सदस्य गरी ८२९ जनाले मतदान गरे ।

संघीय संसदका ३३४ जनामध्ये ३११ जनाले मतदान गरेका छन् । प्रदेशसभाका ५५० जनामध्ये ५१८ जनाले मतदान गरेका छन् ।

उपराष्ट्रपतिको निर्वाचनमा संघीय संसदका २१ जना अनुपस्थित भएका थिए ।

© 2023 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७