मूल्यवृद्धिविरुद्ध जनचेतना तथा शान्तिपूर्ण आन्दोलन (तस्बिरहरु)

काठमाडौं । सरकारले वृद्धि गरेको मूल्यविरुद्ध काठमाडौंमा प्रदर्शन गरिएको छ । उपभोक्ता जागरण अभियान नेपालले माईतीघरमा जनचेतना तथा शान्तिपूर्ण आन्दोलन गरेको हो ।

उपभोक्ता लुट्ने काम बन्द गर, जनसहभागितामा नियमित अनुगमन गर, अब त अति भो महङ्गी कति भो, कालाबजारीलाई कुरी कुरी लगायतका नारा लगाइएको छ । कार्यक्रममा साङगितिक प्रस्तुतीमार्फत सरकारलाई मूल्यवृद्धिबारे ध्यानआकर्षण पारिएको छ ।

 

 

आन्दोलनमा सांकेतिक नाटकसमेत देखाइएको थियो । नाटकमा एउटा उपभोक्तालाई चारैतिरबाट नङ्गाइएको थियो । दलाल, डाक्टर, न्यायधीस, डाक्टर र नेताले उपभोक्तालाई मिलेर आर्थिकरुपमा सक्काएको सन्देश नाटकमार्फत प्रस्तुत गरिएको थियो ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१