काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको उपनेतामा उपाध्यक्ष बुद्धिमान तामाङ चयन भएका छन् ।
शनिबार बसेको पार्टी संसदीय दलको बैठकले तामाङलाई संसदीय दलको उपनेता चयन गरेको हो । प्रतिनिधिसभामा राप्रपाका १४ जना सांसद छन् । तामाङ समानुपातिक पद्धतिबाट प्रतिनिधिसभा सदस्य चयन भएका थिए ।
राप्रपा संसदीय दलको नेतामा अध्यक्ष राजेन्द्र लिङ्देन नै रहेका छन् ।