सडक खाली नगरि राष्ट्रपति पौडेल पुगे कुमारीघर

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल हनुमानढोकास्थित कुमारीघर पुगेका छन् । दिउँसो चार बजे शीतलनिवासबाट कुमारी घरमा कुमारीको दर्शन गर्न पुगेका हुन् । उनको सवारीमा आज बाटो खाली गराइएको थिएन ।

बाटो खाली नगराई उनले कुमारीको दर्शन गरेर फर्केका छन् । यसअघि राष्ट्रपतिको सवारीमा सडक सुनसान गराइने र त्यसबाट सर्वसाधारणलाई सास्ती हुँदा भीआईपी सवारीप्रति आलोचना बढ्दो थियो ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१