स्ववियु निर्वाचन : बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म मतदान

काठमाडौं । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन आइतबार बिहान ८ बजेदेखि ४ बजेसम्म हुने भएको छ।

त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै भोलि बिहान ८ बजेदेखि ४ बजेसम्म निर्वाचन हुने जानकारी दिएको हो।

लामो समयदेखि रोकिएको स्ववियुको निर्वाचन चैत ५ गतेका लागि तोकिएको थियो। त्यसअनुसार दुई वटा आंगिक क्याम्पसहरू र सयौं सम्बन्धन प्राप्त कलेज र क्याम्पसहरूमा निर्विरोध रूपमा स्ववियु गठन भइसकेको छ।

बाँकी रहेका अधिकांस क्याम्पसहरूमा निर्वाचन गरी कार्यसमितिका पदाधिकारी र सदस्यहरू छनौट गर्न लागेको हो।

© 2023 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७