• २०८३ साउन ६
  • 2026 July 22, Wednesday

एनआरएनएले गर्‍यो यूएईमा भलिबल प्रतियोगिताको आयोजना, प्रथम पुरस्कार २ लाख ७९ हजार

काठमाडौं । गैर आवासीय नेपाली संघ यूएईले प्रथम भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । ‘सामाजिक कार्यसँगै स्वास्थ्य नै धन हो’ भन्ने सामाजिक जनचेतना स्वरुप पुनः प्रथम भलिबल प्रतियोगिता आयोजना गर्ने भएको हो ।

आँउदो २ अप्रिलदेखि अल्कोजको बलादिया क्याम्पको भलिबल ग्राउन्डमा प्रतियोगिता सुरु हुने छ । भलिबलमा प्रतियोगितामा प्रथम, द्धितिय र तृतीय हुने टोलीलाई आकर्ष‌क पुरस्कार नगद, कप, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले बताएको छ ।

गैर आवासीय नेपाली संघ मध्यपूर्व संयोजक मनोज गोर्खाली र संरक्षक रमेश श्रेष्ठ, अध्यक्ष ठाकुर ढुंगाना लगायत सम्पुर्ण एनआरएनएको टिमलाई गैर आवासीय नेपाली संघ यूएईको खेलकुद संयोजक भिम मल्ल ठकुरीले आफुलाई दिएको खेलकुद व्यवस्थापन जिम्मेवारीप्रति धन्यवाद दिँदै जिम्मेवारी पूरा गर्ने बताएका छन् ।

उनले यूएईमा रहेर सामाजिक कार्य गर्दै आएका क्रियाशिल विभिन्न संघसंस्था एवंम् क्लबहरुलाई प्रतियोगितामा सहभागि हुन अनुरोध गरेका छन् ।