सरकारमा सहभागी हुने कांग्रेसको निर्णय, संसद बैठकमा सत्तापक्षको बेञ्चमा बस्ने

काठमाडौं । कांग्रेसको केन्द्रीय कार्य सम्पादनको बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको छ ।

बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले बताएका छन् । प्रधानमन्त्री प्रचण्डले भोलि सोमबार संसदमा विश्वासको मत लिँदैछन् ।

बैठकले उपराष्ट्रपतिमा निर्वाचित रामसहायप्रसाद यादवलाई बधाई तथा शुभकामना दिने निर्णय समेत गरेको छ । आजको संसद बैठकमा सत्तापक्षको बेञ्चमा बस्ने निर्णय पनि बैठकले गरेको छ । दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७