प्रचण्डले राजनीतिमा विचित्रको लिला देखाउन थाले : मोहन वैद्य

काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनताको विश्वास गुमाइसकेको बताएका छन् ।

वैद्यले प्रचण्डले राजनीतिमा विचित्रको लिला देखाउन थालेको भन्दै जनताले अब विश्वास गर्ने ठाउँ नरहेको जिकिर गरेका हुन् ।

इच्छुक सांस्कृतिक प्रतिष्ठानले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले प्रचण्डले ओलीलाई खत्तम पार्छु भनेर लागेको, पछि फेरि ओलीको शरणमा परेर सरकार बनाएको र त्यसलाई पनि टिकाउन नसकेर जनतामा केही हुन्छ कि भन्ने विश्वासलाई पनि ध्वस्त पारिदिएको आरोप लगाए ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७