• २०८३ साउन ७
  • 2026 July 23, Thursday

चोभार ड्राइपोर्टको आन्तरिक टर्मिनलमा पहिलो उपभोगकर्ता बन्यो उपाय

काठमाडौं । चोभारमा तयार भएको आन्तरिक टर्मिनल (पार्किङ र प्याकेजिङ सुविधासहितको गोदाम घर) को पहिलो ग्राहक उपाय सीटी कार्गो बनेको छ ।

आन्तरिक टर्मिनल प्रयोगका लागि इन्टर मोडल यातायात विकास समितिले आह्वान गरेको आवेदनमा उपाय सीटी कार्गोले आफ्नो सम्पूर्ण गोदाम टर्मिनलबाटै सञ्चालन गर्ने गरी काम थालेको इन्टर मोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताए ।

आन्तरिक टर्मिनलमा १५० ट्रक र कन्टेनर पार्किङ क्षमता, ५४– ५४ वर्ग किलोमिटरको गोदाम, ८० टनसम्म सवारीसाधन तौल गर्ने सुविधा, लोड अनलोड शेड र चालक तथा कामदारका लागि शौचालयको व्यवस्था छ ।

उपायले आन्तरिक टर्मिनल प्रयोगका लागि इन्टर मोडल यातायात विकास समितिको एप्लिकेशनबाट उपलब्ध गराइएका सेवाहरु प्रयोग गरी टर्मिनलबाट आंशिक गोदाम सञ्चालन गर्ने गजुरेलले बताए ।

उपायले आफ्ना ग्राहकहरुको तर्फबाट सामानहरु ड्राइपोर्टमा भण्डारण गर्ने सुविधा प्रदान गर्नाको साथै ग्राहकहरुले सिधै ड्राइपोर्टमा सम्पर्क पनि गर्न सक्छन् । ड्राइ पोर्टले १० हजार वर्ग फुटसम्मको लोडिङ उपकरण र भण्डारण ठाउँ प्रदान गर्छ । तर सामानहरुको लागि यातायात सेवाको अभाव भएको हुनाले उपायले ड्राइपोर्टका अन्य सबै ग्राहकहरुलाई यातायात सेवाहरु प्रदान गर्ने सम्बन्धमा मुख्य भुमिका खेल्न सक्छ र सुख्खा बन्दरगाहका अन्य ग्राहकहरुलाका लागि सामान ढुवानी गर्न सक्छ ।

चोभार ड्राइपोर्टको पहिलो ग्राहक बन्ने उपायको निर्णयले ढुवानी उद्योगलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सरकारको पहललाई समर्थन गरेको छ । उपायको लक्ष्य निकट भविष्यमा आफ्नो गोदाम बनाउने पनि रहेको छ ।