• २०८३ असार ११
  • 2026 June 25, Thursday

केपी शर्मा ओली सहमतिमा नअडिँदा गठबन्धन टुट्याे : प्रचण्ड (भिडिओसहित)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली सहमतिमा नअडिँदा गठबन्धन तोडिएको बताएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्दै उनले एमाले र राप्रपाले सरकार छोड्नुको कारण अझै दिन नसकेको बताए ।

‘विगतका मतभेदहरूलाई नउठाउने समझदारी गरेका थियौँ । म त्यसमा प्रतिबद्ध भएँ । तर, केही सहयात्रीहरूबाट पालना भएन’, ओलीको नाम नलिइकन उनले भने, ‘संसद्मा पहिलो दिन नै संसद् विघटनको विषयले प्रवेश पायो । र, त्यसले देशलाई नै तरंगित बनायो ।’

उनले सिंगो सदनको विश्वास पाएको प्रधानमन्त्रीलाई संसद् विघटन उचित भनेर राखेको धारणाले चुनौती खडा गरेको बताए ।

उनले राष्ट्रिय सहमतिको प्रयासमा ओलीले नै साथ नदिनु गठबन्धन कायम नरहने अर्को कारणका रूपमा प्रस्तुत गरे ।

हेर्नुहाेस् भिडिओ :