काठमाडौं । नेकपा माओवादी केन्दले एमालेले गरेको प्रश्नको जवाफ दिएको छ ।
सोमबार प्रधानमन्त्री प्रचण्डले विश्वासको मत मागेपछि संसदमा बोल्दै माओवादीका नेता देवेन्द पौडेलले एमालेले राष्ट्रिय सहमतिको विपक्षमा उभिएकोमा आपत्ति जनाएका छन् ।
उनले एमाले राष्ट्रिय सहमतिबाट भागेर आरोपप्रत्यारोपको सागरमा प्रवेश गरेको आरोप लगाएका छन् । पौडेलले एमाले र राप्रपाले पनि राष्ट्रिय सहमतिप्रति आरोपप्रत्यारोप नगर्न आग्रह गरेका छन् ।
उनले भने “देशको रक्षा राष्ट्रिय सहमतिको आवश्यक छ । एमाले राष्ट्रिय सहमतिबाट भागेर आरोपप्रत्यारोपको सागरमा प्रवेश गर्ने हैन ।”