
काठमाडौं । सातोको दोस्रो कारोबार दिन सोमबार सेयर बजार मापक परिसूचक नेप्से १.१८ प्रतिशतले उकालो लागेको छ ।
नेप्से २२.६५ अंकले बढेर १९४९.०६ को विन्दुमा पुगेको छ ।
यस दिन २५९ कम्पनीका एक अर्ब २७ करोड चार लाख २६१ रुपैयाँबराबरको ५१ लाख ८५ हजार ११४ कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
सोमबार १३ उपसमूहको परिसूचक उकालो लागेको छ । ट्रेडिङ उपसमूहको समूहगत परिसूचक सर्वाधिक ४.६६ प्रतिशतले बढेको छ ।
यस दिन युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको सयेर मूल्य सर्वाधिक १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक ५.३६ प्रतिशतले घटेको छ ।