
काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अहिलेका सांसदहरूको धन्दा सरकार बनाउने र भत्काउने भएको बताएका छन्।
सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मागेको विश्वासको मत माथिको प्रस्तावको छलफलमा बोल्दै केसीले सांसदहरूको खेती सरकार बनाउने र भत्काउने भएपछि जनताले के सोचिरहेका होलान् भन्दै प्रश्न गरे।
दलहरूको व्यवहारका कारण गणतन्त्रलगायतका उपलब्धी खतरामा परेको केसीले बताए।
उनले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने पनि बताए। दुई महिनाअघि उनले प्रचण्डलाई विश्वासको मत दिएका थिएनन्।