कांग्रेसलाई इंगित गर्दै प्रचण्डले भने – एजेण्डा मिलेर मेरो लब यता परिहालो (भिडिओसहित)

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एजेण्डा मिलेकाले कांग्रेससंग गठबन्धन गरेको बताएका छन् ।

उनले आज विश्वासको मत लिने क्रममा संसदमा बोल्दै केपी ओलीसंग एजेण्डा र नीति नमिलेकाले तालमेल टुटेकाे बताएका छन् ।

उनले भने् ‘एजेण्डा मिलेर मेरो लब यता परिहालो ।’

राजनीतिक दलहरुको विवाद बहसकै बीचबाट र संसदभित्र हुने विचार विमर्शबाट समस्याको समाधान खोज्नुपर्ने प्रधानमन्त्री प्रचण्डले बताए ।

उनले भने, ‘हामी अराजक ढंगले अगाडि बढेको भन्न मिल्दैन । प्रक्रिया र विधिवत ढंगले नै गठबन्धन र सरकार बनाएर अघि बढेका छौं ।’

 

भिडिओ

© 2023 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७