• २०८३ असार ११
  • 2026 June 25, Thursday

महान्यायाधिवक्ताको निर्णय : रवि लामिछानेविरूद्ध राहदानी विवादमा मुद्दा नचलाउने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्ध राहदानी विवादमा मुद्दा नचल्ने भएको छ।

महान्यायाधिवक्ता दिनमणि पोखरेलले सोमबार लामिछानेविरूद्ध मुद्दा नचलाउने निर्णय गरेको सहन्यायाधिवक्ता सञ्जीवराज रेग्मीले जानकारी दिए।

यसअघि जिल्ला सरकारी वकिलको कार्यालयले लामिछानेविरूद्ध मुद्दा नचलाउने प्रतिवेदन उच्च सरकारी वकिलको कार्यालयमा पठाएको थियो।

उच्च सरकारी वकिलको कार्यालयले जिल्लाको प्रतिवेदन गत बिहीबार महान्यायाधिवक्ताको कार्यालयमा पठाएको थियो।