एक–एक सिक्का जम्मा गरेर यी ब्यक्तिले किने स्कुटर (भिडिओसहित)

काठमाडाैं । यतिबेला सामाजिक सञ्जालमा आसामको दारंग जिल्लाका एक व्यक्ति मोहम्मद सैदुल हकको भिडिओ भाइरल छ ।

भिडिओमा ती व्यक्ति एक बोरा सिक्का बोकेर स्कुटर किन्न शोरुम गइरहेको देख्न सकिन्छ । निर्धक्क पुगेर उनी त्यो पैसा दिँदै स्कुटर खरिद गर्न खोजिरहेको देखिन्छ ।

बोराभरि सिक्का बोकेर स्कुटर खरिद गर्न आएपछि सुरुमा त कर्मचारी पनि छक्क परेको देख्न सकिन्छ ।

मोहम्मद १, २, ५ र १० रुपैयाँका हजारौँ सिक्का बोकेर शोरुम पुगेका थिए । बोरागाउँ क्षेत्रमा बस्ने उनले त्यो एक बोरा सिक्काले एउटा स्कुटर खरिद गरेको बताइएको छ ।

सानो पसल सञ्चालन गर्दै आएका मोहम्मद छ वर्षदेखि स्कुटर किन्नका लागि सिक्का जम्मा गरिरहेका थिए ।

उनले भनेका छन्, ‘म बडगाउँ क्षेत्रमा एउटा सानो पसल चलाउँछु । स्कुटर किन्ने सपना थियो । ५–६ वर्षदेखि सिक्का संकलन गर्दै आएको थिएँ, मेरो सपना साकार भएको छ । सफलता पाएको छु । म साँच्चै धेरै खुसी छु ।’

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१