चैत १० देखि नेपाल फाईभ पि अन्तर्राष्ट्रिय प्रदर्शनी

काठमाडौं । विगतका वर्षहरुझैं यस वर्ष पनि मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रा.लि.ले तेस्रो नेपाल फाईभ पि अन्तर्राष्ट्रिय प्रर्दशनी चैत्र १०, ११ र १२ गते भृकुटीमण्डप, काठमाडौंमा आयोजना हुने भएको छ ।

प्रदर्शनीमा स्वदेशी तथा विदेशी कम्पनीहरुका १५० भन्दा बढी स्टलहरु रहने छन् । नेपाल फाइप पी नेपालभरी रहेका प्लाष्टिक, पेपर, प्रिन्टिङ, प्याकेजिङ तथा प्रोसेसिङसँग सरोकार राख्ने व्यापार–व्यवसायहरुलाई एकै ठाउँमा ल्याएर व्यापार साझेदारी, नविनतम् प्रविधि तथा संवाद गर्न साझा मञ्च प्रदान गर्ने एक मात्र उद्योग–व्यापार विशेष अन्तर्राष्ट्रिय प्रदर्शनी हो ।

उक्त प्रदर्शनीमार्फत् ती पाँच विधामा संचालन भएका उध्योग र व्यापार व्यवसायहरलाई निर्यातका नयाँ अवसरहरु, नविनतम प्रविधिसँग साक्षात्कार गराउनुका साथै विभिन्न उध्योगहरुबीच प्रविधि साटासाट र सहकार्य गर्न प्रोत्साहित गर्ने आयोजकले विश्वास लिएका छन् ।

यस अन्तर्राष्ट्रिय प्रदर्शनीमा सहआयोजकका रुपमा नेपाल मुद्रण उद्योग महासंघ तथा सहयोगी संस्थाको रुपमा नेपाल कोरोगेटेड बक्स उत्पादक संघ रहेका छन् ।

यो प्रदर्शनीमार्फत् ती पाँच विधामा सञ्चालन भएका उद्योग तथा व्यापार व्यवसायहरुलाई निर्यातका नयाँ अवसरहरु, नविनतम् प्रविधिसँग साक्षात्कार गराउनुका साथै विभिन्न उद्योगहरुबीच प्रविधि साटासाट र सहकार्य गर्न प्रोत्साहित गर्ने आयोजकले विश्वास लिएका छन् ।

यस अन्तर्राष्ट्रिय प्रदर्शनीमा सह–आयोजकको रुपमा नेपाल मुद्रण उद्योग महासंघ तथा सहयोगी संस्थाको रुपमा नेपाल कोरोगेटेड बक्स उत्पादक संघ रहेका छन् ।

सप्लायर्स र उत्पादकहरुको साझा मञ्च मात्र नभएर नेपाल फाईभ पीले समृद्द नेपालको रेखांकनमा पनि उत्तिकै योगदान पुर्‍याउनका साथै संसारभरका उत्कृष्ट प्रविधि र प्रयासहरुलाई भित्राउने नेपाल फाइभ पि एक्स्पोका आयोजकले दाबी गरेका छन् ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७