घट्याे आइफोनको मूल्य

काठमाडौं । एप्पलले आइफोनको मूल्य घटाएको छ। कम्पनीले आइफोन- १४ प्रो र आइफोन- १४ प्रो म्याक्सको मूल्य घटाएको हो ।

विश्व बजारमा निकै महङ्गो एवम् लोकप्रिय ब्राण्ड बनेको एप्पले सार्वजनिक गरेको नयाँ मूल्य सूची अनुसार अब १२८ क्षमता भएको आइफोन- १४ प्रोको मूल्य एक लाख ८० हजार १९० रुपैयाँ यसको मूल्य यसअघि १ लाख ९४ हजार ९९० थियो भने २५६ जिबी क्षमताको आइफोन- १४ प्रोको मूल्य एक लाख ९८ हजार ८९० रुपैयाँ पुगेको छ यसको मूल्य यसअघि दुई लाख १४ हजार ९९० रहेको थियो ।

त्यस्तै, १२८ जिबी क्षमताको आइफोन- १४ प्रो म्याक्सको मूल्य एक लाख ९८ हजार ८९० रुपैयाँ छ यसअघि यसको मूल्य २ लाख १४ हजार ९९० थियो भने २५६ जिबी क्षमता भएको आइफोन- १४ प्रो म्याक्सको बजार मूल्य दुई लाख १७ हजार ७९० रुपैयाँ तोकिएको छ यसको यसअघिको मूल्य २ लाख ३४ हजार ९९० रहेको थियो। नेपाली बजारमा यस मूल्य बिक्रेता अनुसार २-४ हजार तलमाथि भएको पाइन्छ ।

पछिल्लो समय अन्य फोनहरूमा पनि आइफोनकोभन्दा एड्भान्स फिचर आइरहँदा पनि यसको लोकप्रियतामा भने कुनै कमी देखिँदैन ।

नयाँ मूल्यसँगै नेपालमा पनि आइफोन- १४ को विभिन्न मोडल खरिद गर्न सकिन्छ। पछिल्लो समय नेपालमा पनि आइफोन प्रयोगकर्ताहरू धमाधम बढीरहेका छन् ।

नेपालमा एप्पलको आइफोनको लागि आधिकारिक आयातकर्ता तथा वितरक जेनेरेसन नेक्स्ट कम्युनिकेसन्स प्रालि रहेको छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१