कलाकार कुन्जना घिमिरेलाई ‘सामाजिक सञ्जालमा’ तुच्छ गाली र नग्न तस्बिर !

काठमाडौं । कलाकार कुन्जना घिमिरे (सुन्तली) ले गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणको विषयलाई लिएर सामाजिक सञ्जालमा आफूलाई तुच्छ गाली र नग्न तस्बिरहरु पठाउने गरिएकाे खुलासा गरेकी छिन् ।

सामाजिक सञ्जालमा लेख्दै घिमिरेले भनेकी छिन्, ‘अबको हरेक वार्ता खुलेआम रङ्गशालाको मैदानमा गरियोस् नाकि बन्द कोठामा । मलाई मेरो इन्बक्समा नग्न तस्विरहरु पठाउन सुरुवात भएको छ, विभिन्न तुच्छ गालीको वर्षात् भइरहेकाे छ ।’

आफूहरुलाई राज्यले समेत नहेरेको गुनासो गर्दै घिमिरेले आफ्ना पति समेत रहेका कलाकार सिताराम कट्टेलले धैर्यता गर्न भने पनि आफू मानसिक रुपमा विक्षिप्त रहेको बताएकी छिन् ।

यसअघि सोमबार सितारामले फेसबुक लाभइ मार्फत् आफूले कुनै पनि गल्ती नगरेको स्पष्ट पारेका छन् । राष्ट्रिय गौरवको आयोजना निर्माणका लागि राज्यले आफूहरुलाई दु:ख दिएको समेत उनले भिडियो सन्देश मार्फत जानकारी गराएका छन् । साथै आफूहरुले गल्ती गरेको भए सजाय भोग्न तयार रहेको समेत उनीहरुले बताइरहेका छन् ।

घिमिरेले पनि सामाजिक सञ्जालमा आफूले गल्ती गरेको भए सजाय भोग्न तयार रहेको उल्लेख गरेकी छन् ।

‘म पनि मान्छे हु, धेरै मन दुखेको छ राज्य र राष्ट्रसँग । धुर्मुस जीले केही समय धैर्य गर भन्दै गर्दा यतिका समय सुन्नै नसकिने शब्दहरुका गाली गलौज सहँदै आए र आज म मानसिक यातनाले विक्षिप्त भएको छु ।’ उनले भनेकी छिन्, ‘अब सुन्ने र सहने शक्ति छैन म मा, कि मलाई सफाइ देउ, कि सजाय । तर जे गर्छौ छिटो गर ।’

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१