क्याम्पस प्रशासनकाे लापरबाहीले अन्याैलमा धवलागिरी क्याम्पसकाे स्ववियु निर्वाचन

  • क्याम्पसमा निरन्तर कसले लगाइरहेकाे छ ताला ?
  • काठमाडाैं । धवलागिरी बहुमुखी क्याम्पस बागलुङमा स्ववियु निर्वाचनको विषयले निरन्तर तालाबन्दी भइरहँदा नयाँ कार्यतालिका सार्वजनिक भए पनि निर्वाचन हुनेमा अन्याैलता देखिएको छ ।

    गएकाे चैत ५ गते बामपन्थी निकट विद्यार्थीहरुको तालाबन्दी र निर्वाचन समितिले राजीनामा दिएका कारण निर्वाचन हुन सकेन । नेविसंघ र केही स्वतन्त्र विद्यार्थी समूहको निरन्तर दबाबपछि चैत्र १८ गते निर्वाचनकाे मिति तय गरिएकाे छ ।

    १८ गते हुने निर्वाचनकाे लागि ११ गते उमेदवारी मनोनयन गर्ने सहमति भएकाे थियाे । तर गएकाे ६ गते बिहानैदेखि क्याम्पस प्रमुखकाे कार्यालय र प्रशासनमा ताला लगाइएकाे छ । मनाेनयनकाे अघिल्लाे दिन भइसक्दा पनि ताला खुलेकाे छैन । ताला कसले र किन लगायाे भन्ने पनि स्पष्ट भएकाे छैन ।

    ताला कसले र किन लगाएकाे भन्नेबारे खाेजी भइरहेकाे नेविसंघका नेताहरुले बताएका छन् । ताला लगाइएकाे विषयमा क्याम्पस प्रसाशनलाई पनि जानकारी नगराइएकाे प्रशासन स्राेत बताउँछ । याे सबै निर्वाचन हुन नदिने खेल भएकाे नेविसंघ बागलुङका अध्यक्ष विशेष पराजुली बताउँछन् ।

    ‘याे सबै निर्वाचन हुन नदिने क्याम्पस प्रशासनकाे रणनीति हाे । यतिका दिन बित्दा पनि किन क्याम्पस प्रशासनले ताला लगाउनेकाे खाेजी गरेकाे छैन ।’ पराजुलीले भने, ‘अमुक सङ्गठन र ब्यतिले लगाएको तालाबन्दीको अनुमानले निर्वाचन अन्याेलमा राख्नु दुखद् कुरा हाे ।’

    © 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७