• २०८३ असार २४
  • 2026 July 08, Wednesday

एमाले अध्यक्ष ओली अवलोकन भ्रमणको लागि लुम्बिनीमा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्व शान्तिको मुहान लुम्बिनीको अवलोकन भ्रमण गरेका छन् ।

उनको साथमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरी, सांसदहरू, पूर्व मन्त्रीहरू र पार्टीका नेताहरू सहभागी थिए ।

पूर्व प्रधानमन्त्री ओलीले शिलान्यास गरेको अन्तर्राष्ट्रिय ध्यान केन्द्र तथा सभा हल र लुम्बिनीमा निर्मित गुरुयोजना अनुरूपका विभिन्न संरचनाको बारेमा जानकारी लिएका थिए।

त्यस अवसरमा कोषका उपाध्यक्ष भिक्षु अवधेश त्रिपाठी, सदस्यसचिव सानुराजा शाक्य, योजना प्रमुख इन्जिनियर सरोज भट्टराईलगायतले विभिन्न विषयमा जानकारी गराएका छन् ।

कपिलवस्तुमा पार्टीले सञ्चालन गरेको मिसन ग्रासरूट अभियानमा सहभागी हुन उनी यहाँ आएका हुन् ।

यो समयमा उनले पार्टीका पुराना नेता तथा कार्यकर्तालाई भेट्ने कार्यक्रमसमेत बनाएका छन् ।