• २०८३ असार ११
  • 2026 June 25, Thursday

सोमवारसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउने माओवादीको निष्कर्ष

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले ढिलोमा आगामी सोमवारभित्रमा मन्त्रिपरिषद् बिस्तार र गठबन्धन दलहरूको सहभागिता टुंगो लगाउने निर्णय गरेको छ ।

शनिवार पेरिसडाँडामा बसेको माओवादी पदाधिकारी बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले सबै दलहरूसँग छलफल भएको र आइतबारसम्म भागबण्डाको प्रस्ताव तयार हुने बताएका छन् ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले प्रस्ताव तयार भएपछि आइतवार वा सोमवार गठबन्धन दलहरूको बैठक बसेर मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउने बताए ।

माओवादी बैठकले गठबन्धन दलहरूसँग छलफल गरेर संसद्को कारबाही प्रभावकारी बनाउने र टिआरसी लगायतका विधेयक पारित गर्नेबारे बैठकमा छलफल भएको बताए ।