• २०८३ जेठ २३
  • 2026 June 06, Saturday

सुनको भाउ घट्दा चाँदीको बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सुनको मूल्य आज प्रतितोला  ६ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख  ९ हजार २ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ८ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आइतबार चाँदीको मूल्य भने बढेको छ । आज चाँदी प्रतितोला १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार चाँदी प्रतितोला १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रबारको तुलनामा आइतबार चाँदी प्रतितोला १० रुपैयाँ बढेको हो ।