काठमाडौं। कोशी प्रदेश नामकरण खारेजीको माग गर्दै विराटनगरमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ ।
प्रदर्शनमा उत्रिएका पहिचान पक्षधरका आन्दोलनकारी र प्रहरीबीच विराटनगरमा झडप भएको छ ।
रोडशेष चोकमा आन्दोलनकारी र प्रहरीको झडपका कारण विराटनगर बजारक्षेत्र तनावग्रस्त बनेको हो । प्रदर्शनकारीले निषेधित क्षेत्रमा पसेर प्रहरीको घेरा तोड्न खोजेकोले बल प्रयोग गरिएकोमोरङका प्रहरी प्रमुख दीपक पोखरेलले बताए ।
आन्दोलनकारीले ढुंगामुढा प्रहार गरेपछि प्रहरीले पानीको फोहरा र अश्रुग्यास प्रहार गरेको छ ।
विराटनगरमा पहिचानवादीको आन्दोलनलाई ध्यान दिँदै स्थानीय प्रशासनले चैत पहिलो साताबाट निषेधित क्षेत्र तोकेको छ ।
यही ५ गते आन्दोलनको क्रममा घाइते भएका पदम लिम्बूको उपचारको क्रममा मृत्यु भएको थियो । लिम्बूको मृत्युपछि कोशी प्रदेश पुनः नामांकन संयुक्त संघर्ष समितिले थप आन्दोलन सुरू गरेको छ ।
मोरङको उर्लाबारी नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष चिन्तामणि पौड्यालमाथि कार्यालय खोलेको आरोपमा आज कुटपिट गरिएको छ ।