जीवन पन्तलाई ‘सर्वोत्कृष्ट दशक लोक गीत’ विधाकाे अवार्ड

काठमाडाैं । लोकप्रिय गायिका विष्णु माझी र गायक जीवन पन्तको स्वरमा रहेको लोक तथा दोहोरी गीत ‘चाइने जो’ बोलको गीत दशककै उत्कृष्ट गीत घोषित भएको छ ।

नेपाल संगीत उद्योग संघको आयोजनामा आइतबार साँझ राजधानीमा सम्पन्न भएको ‘अमिन राष्ट्रिय म्युजिक अवार्ड २०७९’ मा उक्त गीत दशककै उत्कृष्ट गीत बनेको हो ।

उक्त गीतका गायक पन्तलाई सर्वोत्कृष्ट दशक लोक गीत विधाको अवार्डबाट सम्मान गरिएको आयोजकले जानकारी दिएको छ ।

त्यस्तै, विमला आठ पहारीया राईको ‘मंसिर महिना’, रेशम सापकोटाको ड्रराइभर दाई मन पर्यो मलाई’, खर्क बहादुर बुढाको सोल्टिनीको रातो पछ्यौरी र जीत सागर रावतको मैयालाई बोलाउँदै’ बोलका गीतहरू दशका उत्कृष्ट गीत घोषित भएका छन् ।

नारायण कँडेलको शब्द रचना तथा जीवन पन्तको संगीतमा रहेको गीत पछिल्लो समय टिकटकमा पनि भाइरल बनेको छ ।

यस्ताे छ गीतकाे भिडिओ :

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१