पक्राउ परेका चिनियाँ नागरिकले गरे प्रहरी कार्यालयमै नाराबाजी (भिडिओसहित)

काठमाडौं । साइबर अपराधको आरोपमा पक्राउ परेका चिनियाँ नागरिकले प्रहरी कार्यालयमै नाराबाजी गरेका छन् ।

बुधबार पक्राउ परेका १९ जनामध्ये ९ जना चिनियाँ नागरिक थिए । साइबर अपराधको आरोपमा पक्राउ परेका चिनियाँ नागरिकले बानेश्वरस्थित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको परिसरमा नाराबाजी गरेका हुन् ।

बुधबार पत्रकार सम्मेलन गरेर प्रहरीले चिनियाँ नागरिकको गिरफ्तारीबारे जानकारी दिँदै उनीहरूलाई सञ्चारकर्मीमाझ सार्वजनिक गरेको थियो । चिनियाँ नागरिकले नाराबाजी मात्र गरेनन् तस्वीर खिच्न खोज्नेलाई समेत दुर्व्यवहार गरेका थिए ।

पक्राउ परेर हतकडी लगाएपछि उत्तेजित हुने चिनियाँ नागरिकको पुरानै व्यवहार देखिएको प्रहरीले जनाएको छ ।

ह्वाट्सएपमा अनलाइनमार्फत विजेनशमा संलग्न भए ३० प्रतिशतसम्म फाइदा हुने भन्दै यो गिरोहले नेपाली नागरिकलाई ठगेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मनोज केसीले बताए ।

ह्वाट्सएपमार्फत टेलिग्राममा खाता खोल्न लगाएर अपरेशन टिचर नामक च्यानलमार्फत ठगी गरेको भेटिएको उनले जानकारी दिए । ‘पैसा हालेपछि सामान अनलाइनमार्फत बिक्री हुन्छ, त्यसवापत आउने फाइदाको रकम कम्पनीको खातामा रहनेछ र बिक्री गरेको १४ दिनमा मुनाफाको ३० प्रतिशतसहित रकम आउने भनिएको रहेछ । यसरी नेपालीबाट लाखौं ठगिएको पाइएको छ ।’

हेर्नुहाेस् भिडिओ :

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१