अनमोल केसीकाे जन्मदिनमा भुवन केसीले दिए यस्ताे शुभकामना

काठमाडौं । पछिल्लो समयका हिट हिरो अनमोल केसीको आज जन्मदिन परेको छ । उनको जन्मदिन परिवारका सदस्यसँग सेलिब्रेसन गर्ने योजना रहेको छ ।

जन्मदिनको अनमोललाई बिहानैदेखि शुभकामना आइरहेको छ । उनका पिता भुवन केसीले पनि सामाजिक सञ्जालमा एक कविता पोष्ट गर्दै जन्मदिनको शुभकामना दिएका छन् ।

शुभकामनामा उनले अनमोल आफ्ना लागि भगवानले दिएको आशिर्वाद भएको समेत बताएका छन् ।

उनले लेखेका छन् ,

अनमोल छौ तिमी, बरदान हौ तिमी
भगवानले दिएको आशिर्वाद हौ तिमी
तिमी मेरो प्यार हौ उमङ्ग हौ
मेरो बिश्वास अनि गर्व हौ ।

तिमी सधैँ यसरी नै हाँसिरहानु
करोडौँ मान्छेको मनमा माया गाँसिरहनु
जिन्दगीमा सबै सम्बन्ध टुटे पनि
समयले सबैको साथ छुटे पनि

जन्म जन्मान्तर म तिम्रो साथमा हुन्छु
संसार जित्ने साहस राख्नु छोरा
म तिम्रो हिम्मत अनि हौसलामा सङ्गै हुन्छु
जन्मदिनको लाखौँ लाख शुभकामना छोरा ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१