सौगात र सृष्टिको ‘ब्रेकअप’

काठमाडौं । अभिनेता सौगात मल्ल र अभिनेत्री तथा पूर्व मिस नेपाल सृष्टि श्रेष्ठबीच बेक्रअफ भएको हल्ला सर्वत्र छ । केही वर्षदेखिको प्रेम सम्बन्धलाई यी दुईले विवाहमा परिणत गर्ने तयारी गरेको चर्चा चलेको समेत धेरै समय भइसक्यो ।

सौगात र सृष्टिले पनि आफूहरूबीचको प्रेम सम्बन्धलाई स्वीकार गर्दै विवाह गर्ने तयारीमा रहेको खुलासा गतवर्ष मात्रै गरेका थिए । यतिबेला भने यी दुईबीच ब्रेकअप भएको हल्ला छ ।

सृष्टिले आफ्नो इन्स्टाग्रामबाट सौगातसँगका अधिकांश तस्वीरहरू हटाएकी छिन् । यसअघि उनको इन्स्टाग्राममा सौगातसंगका तस्वीरहरू थुप्रै थिए ।

भदौंमा प्रदर्शनमा आएको फिल्म ‘माइकल अधिकारी’का तस्वीरहरू यतिबेला उनको इन्स्टाग्राममा भएपनि सौगातसँगका अन्य तस्वीरहरू सृष्टिले हटाएको देखिन्छ ।

‘काममा फोकस हुनुपर्ने समयमा हामी एकापसमा धेरै इन्गेज भयौं । हाम्रो कुरै भएको हो,’ सौगातले भने, ‘मलाई यसमा अहिले हतार छैन, हेर्दाखेरि उसलाई पनि हतार देखिएन । काममा फोकस गरौं भन्ने हो ।’ केही महिनाअघि उनीहरुले यसै वर्ष विवाह गर्ने तयारी समेत भइरहेको बताएका थिए ।

यी दुईले भने पछिल्लो समय आफूहरूको सम्बन्धबारे केही बोलेका छैनन् । सौगातका यसवर्ष मात्रै ‘कबड्डी ४’, ‘दुई नम्बरी’ फिल्म हिट भएका छन् । सृष्टिको नयाँ फिल्म ‘प्रेमा’ भोलिदेखि प्रदर्शनमा आउँदैछ । सौगात र सृष्टिले अभिनय गरेको ‘माइकल अधिकारी र राधा’ गत भदौंमा प्रदर्शनमा आएका थिए ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१