• २०८३ असार २५
  • 2026 July 09, Thursday

प्रधानमन्त्रीको अगाडि नाराबाजी गर्नेलाई दुर्गा प्रसाईको सम्मान

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध गर्ने तीन जनालाई व्यवसायी दुर्गा प्रसाईले सम्मान गरेका छन् ।

सार्वजनिक कार्यक्रममा सहभागि हुने क्रममा प्रधानमन्त्री विरुद्ध बानेश्वरमा प्रदर्शन गरेर ८ दिन हिरासतमा बसेकालाई उनले खाँदा लगाएर सम्मान गरेका हुन् ।

मिटरव्याज र बैंकबाट पीडितहरूको पक्षमा आवाज उठाउँदा प्रहरीले दमन गरेको प्रसाईको आरोप लगाए । उनले ती युवाले धरौटी राख्दा लागेको सबै खर्च र अन्य आर्थिक क्षति आफ्नो अभियानले व्यहोर्ने पनि प्रतिबद्धता जनाए ।

सोम शर्मा, विप्लव खड्का र उद्धव बस्नेतलाई प्रसाईले सम्मान गरेका छन् । कार्यक्रममै प्रसाईले युवाहरूलाई सहयोग रकम प्रदान गरेका थिए ।