काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पदभार सम्हालेका छन् ।
११ पुसमा उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री बनेका श्रेष्ठलाई प्रधानमन्त्रीले शुक्रबार मन्त्रिपरिषद् पुनर्गठनका क्रममा गृहको जिम्मेवारी दिएका हुन् ।
उनले शुक्रबार नै गृहमन्त्रीको पदभार सम्हालेका छन् । उनी गृह मन्त्रालयको नेतृत्वमा १० वर्षपछि फर्किएका हुन् ।
श्रेष्ठ ०६८ मा केही दिन गृहमन्त्री बनेका थिए । उनी १६ साउन २०६८ देखि ३ भदौ २०६८ सम्म गृहमन्त्री रहेका थिए ।