• २०८३ असार ११
  • 2026 June 25, Thursday

वरीयतामा पूर्णबहादुर खड्का दाेस्राे र नारायणकाजी श्रेष्ठ तेस्राे नम्बरमा (सूचीसहित)

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

विस्तारित मन्त्रिपरिषदमा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का दाेस्राे वरीयतासहित उपप्रधान एवम् रक्षा मन्त्री बनेका छन् । यस्तै, नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष तेस्राे वरीयतामा रहेर उपप्रधान एवम् गृह मन्त्री बनेका छन् ।

यसैगरी नेकपा एकीकृत समाजवादीका महासचिव डा. बेदुराम भुसाल चाैथाे वरीयतासहित कृषि तथा पशुपंक्षी मन्त्री बनेका छन् । जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष अशाेक राई पाँचाैँ वरीयतामा रहेर शिक्षा विज्ञान तथा प्रविधि मन्त्री बनेका छन् ।

गएको पुस १० गते नियुक्त भएका प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) लगायतका दललाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

साताैँ पटक मन्त्रिपरिषद् विस्तार गर्दा पनि सरकारले अझै पूर्णता भने पाएको छैन ।

प्रधानमन्त्री प्रचण्डसँग अझै कानुन न्याय तथा संसदीय मामिला, परराष्ट्र, वन तथा वातावरण, स्वास्थ्य तथा जनसङ्ख्या र युवा तथा खेलकुद मन्त्रालय रहेको छ ।