बागलुङ । बागलुङकाे धवलागिरी बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)का अध्यक्षसहित सबै पदाधिकारी निर्विरोध चयन भएका छन् ।
निर्वाचन अधिकृतहरूका अनुसार सबै पदमा एकल उम्मेदवारी दर्ता हुनुका साथै दर्ता भएका उम्मेदवारमाथि दाबी विरोध नपरेकाले स्वतः निर्विरोध निर्वाचित भएको सूचना टाँस गरिएको हाे ।
नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी), अनेरास्ववियू, अनेरास्ववियु (क्रान्तिकारी बहुमत), अनेरास्ववियु (क्रान्तिकारी) विप्लवका नेतृत्वले भागबण्डा गरेर उम्मेदवारी दर्ता गराए पछि निर्विरोध निर्वाचित भएका हुन् ।
