• २०८३ जेठ २२
  • 2026 June 05, Friday

ट्वीटरकाे लाेगाे फेरियाे, चरा हटाएर कुकुर

काठमाडाैं । सामाजिक सञ्जाल ट्विटरको लोगो फेरिएको छ । ट्विटरका मालिक एल‍न मस्कले उक्त प्लेटफर्मको लोगोबाट चरो हटाएर कुकुर राखेका छन् ।

सोमबार रातिदेखि ट्विटरमा चरोको लोगो हटेर कुकुर देखिन थालेको हो । मस्कले लोगो परिवर्तन गरेको पुष्टि गरेका छन् ।

सन् २००६ देखि सञ्चालनमा आएको ट्विटरको लोगो फेरिएको यो पाँचौँ पटक हो । यसअघि चारपटक लाेगाे फेरिँदा एक समानता थियाे । ती सबै चरोकै लोगो थिए, मात्रै प्रकार फरक थियाे ।

११ वर्ष पछि फेरिएको नयाँ लोगोमा पहिलोपटक चरोबाहेक अन्य जनावर राखिएको हो ।

ट्विटर किनेपछि गत फेब्रुअरी १४ मा मस्कले ट्विटरको सीईओको कुर्सीमा कुकुरको फोटो राखी नयाँ सीईओ बताएका थिए ।