• २०८३ जेठ २३
  • 2026 June 06, Saturday

एकैदिन प्रतितोला एक हजार रुपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सोमबार प्रतितोला ६ सय रुपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला १ हजार रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार छापावाल सुन प्रतितोला १ लाख ८ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार चाँदी प्रतितोला १ हजार ३ सय ९० रुपैयाँमा किनबेच भएको थियो ।

सोमबारको तुलनामा आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ बढेको हो ।