• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

जति मुद्दा लगाएपनि रास्वपाको एकल सरकारलाई कसैले रोक्न सक्दैन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले ५ वर्षपछि आफ्नो दलको एकल सरकारलाई कसैले रोक्न नसक्ने दाबी गरेका छन् ।

चितवन क्षेत्र नम्बर २ मा १० वैशाखमा हुने उपचुनावका उम्मेदवार समेत रहेका लामिछानेले आफूविरुद्ध जति मुद्दा लगाएर पनि केही फरक नपर्ने दाबी गरे ।

६ महिनामा २० सिट जितेको भन्दै उनले अब ५ वर्षमा दुई तिहाइ ल्याउन सकिने दाबी गरे ।

सरकारमा बस्दा पनि प्रचण्ड, ओली र देउवाको सेवा नगरेको र जनताको काम गरेको उनले प्रतिक्रिया दिए ।