• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

रवि लामिछानेविरुद्धको रिटमाथि सुनुवाइ रोकियाे, यस्ताे छ कारण

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेविरुद्धको रिटमाथि सुनुवाइ रोकिएको छ ।

बहस सुरू नहुँदै न्यायाधीश अनिलकुमार सिन्हाले अघिल्लोपटक संवैधानिक इजलासबाट लामिछानेको मुद्दा फैसला हुँदा आफू पनि त्यस इजलासमा रहेको भन्दै हेर्न नमिल्ने बताएपछि आजको सुनुवाइ रोकिएको हो ।

न्याधीश सिन्हाले अघिल्लोपटक रविको विपक्षमा भएको फैसलामा आफू पनि रहेकाले हेर्न नमिल्ने भनेपछि सुनुवाइ रोकिएको हो ।

लामिछानेमाथिको राहदानी दुरुपयोग मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरुद्ध अधिवक्ता युवराज सफलले सर्वोच्चमा रिट दायर गरेका थिए ।

सोमबार दर्ता भएको रिटको आज सुनुवाइको लागि पेशी तोकिएको थियो । रविको पक्षबाट बहस गर्न वरिष्ठ अधिवक्ता सुनिल पोखरेल पनि पुगेका थिए ।