१६ वर्षीया नाबालिकामाथि शिक्षकले करणी गरेको आरोप

दाङ । दाङमा छात्रावासमा बसेकी १६ वर्षीया नाबालिकामाथि शिक्षकले करणी गरेको आरोप लागेको छ ।

दाङको शान्तिनगर गाउँपालिका- ७ स्थित शिवशक्ति मावि धनौरीको छात्रावासमा बसेर एसईईको तयारी गरिरहेकी १६ वर्षीया छात्रामाथि करणी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

इप्रका तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीका अनुसार सोमबार राति ८ बजेतिर शिक्षक खुमानन्द पौडेलले आफूमाथि करणी गरेको भन्दै छात्राले जाहेरी दिएकी छन् ।

पीडित किशोरीले दिएको जाहेरीमा छात्रावासमा बसेर एसइइ परीक्षाको तयारी गरिरहेका बेला सोमवार राति बोलाएर जबरजस्ती करणी गरेको उल्लेख छ। पीडित बालिकाले बाबुको सहयोगमा मंगलबार प्रहरीमा जाहेरी दिएकी हुन् ।

आरोपित पौडेल सोही विद्यालयका प्रावि शिक्षक हुन् । उनले छात्रावास हेर्दै आएका थिए । जाहेरी परेपछि आरोपी शिक्षक फरार छन् । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१