‘पुष्पा २’ को टिजर सार्वजनिक

काठमाडौं । दक्षिण भारतीय अभिनेता अल्लु अर्जुन अभिनीत फिल्म ‘पुष्पा द रूल’ टिजर सार्वजनिक भएको छ । यसैबीच ‘पुष्पा: द राइज’ मा जुन मोडमा कहानी छोडिएको थियो, त्यसले दर्शकमाझ कौतूहलता बढाएको छ ।

बुधबार सार्वजनिक गरिएको टिजरमा पुष्पा तिरूपति जेलबाट फरार भएको प्रसंगलाई समेटिएको छ । प्रहरी पुष्पाको खोजीमा छन् भने सहरमा नारा,जुलुस भइरहेको छ ।

सुकुमार निर्देशित फिल्ममा अल्लु अर्जुन, रश्मिका मन्दना र फहद फासिलको मुख्य भूमिका रहनेछ ।

अभिनेत्री रश्मिका मन्दनाको जन्मदिनको अवसर पार्दै फिल्मको टिजर सार्वजनिक गरिएको हो ।

निर्माण टिमले रश्मिकाको एक पोस्टर सार्वजनिक गर्दै लेखेका छन्, ‘पुष्पा द रूलको टिम हाम्री श्रीवल्ली अर्थात रश्मिका मन्दनालाई जन्मदिनको शुभकामना दिन्छौं । तपाईं यसरी नै दर्शकको मन जितिरहनू ।’

अप्रिल ८ मा अल्लु अर्जुनको जन्मदिन हो । उनको जन्मदिनको अवसर पारेर अप्रिल ७ मा फिल्मको दोस्रो टिजर सार्वजनिक हुने बताइएको छ ।

 

 

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१