बलात्कार आराेप लागेका न्यायाधीश गिरीविरूद्ध पक्राउ पुर्जी जारी

कपिलवस्तु । बलात्कार आरोप लागेका न्यायाधीश भुवन गिरीविरूद्ध पक्राउ पुर्जी जारी भएको छ ।

जिल्ला अदालत कपिलवस्तुले उनीविरूद्ध मंगलबार पक्राउ पुर्जी जारी गरेको तहसिलदार गोकर्ण लम्सालले जानकारी दिए ।

उनी न्याय परिषदमा कार्यरत छन् । यसअघि उनी जिल्ला अदालत कपिलवस्तुमै कार्यरत थिए ।

गत फागुन दोस्रो साता उनलाई न्याय परिषदमा तानेको थियो । न्यायाधीश गिरीले आफूमाथि बलात्कार गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा जाहेरी दिएकी थिइन् ।

पीडितले मंसिर पहिलो साता नै जाहेरी दिएकी थिइन् । तर प्रहरीले उनको जाहेरी दर्ता गर्न मानेको थिएन ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१