‘दसरा’ बन्यो अभिनेता नानीको १०० करोड कमाउने पहिलो फिल्म

काठमाडौं । दक्षिण भारतीय अभिनेता नानी र कृति सुरेशको फिल्म ‘दसरा’ ले बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ ।

भारतीय सञ्चार माध्यम एनडिटिभी इन्डियाका अनुसार फिल्मले ६ दिनमा १०० करोड भारू कमाएको छ। राम नवमीको अवसर पारेर फिल्म ३० मार्चमा प्रदर्शन गरिएको थियो ।

‘दसरा’ नानीको १०० करोड कमाउने पहिलो फिल्म हो। साथै यसै फिल्मबाट नानीले प्यान इन्डियाको फिल्ममा डेब्यू गरेका हुन् ।

यो फिल्मले भारतसँगै अन्य देशमा पनि राम्रो कमाइ गरिरहेको छ । फिल्मले अमेरिकामा २० लाख डलर कमाएको छ ।

फिल्मले राम्रो व्यापार गरेसँगै निर्माता सुधाकर चेरूकुरीले निर्देशक श्रीकान्त ओडेलालाई बिएमडब्लु कार उपहार दिएका छन् । निर्माता चेरूकुरीले निर्माण टिमको हरेक सदस्यलाई १० ग्रामको सुनको सिक्का पनि दिएका छन् ।

‘दसरा’ करिब ६५ करोडमा बनेको फिल्म हो । फिल्ममा नानी र र्कीतिसँगै समुथिराकानी, प्रकाश राज, राजेन्द्र, प्रसाद, रोशन माथे, साइ कुमारलगायत कलाकारको अभिनय छ । यो फिल्म हिन्दी, कन्नड, मलयालम, तेलुगू, तमिल भाषा प्रदर्शन भइरहेको छ ।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१