काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) निकट युवा सङ्घ नेपालका उपमहासचिव तथा प्रवक्ता सन्जिप राईले नेपालमा मानव तस्कर गर्ने ठुलो गिरोह रहेको बताएका छन् ।
उनले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ८ सय ७५ जना नेपाली युवाहरूको करोडौँ रकम ठगी गरेको प्रकरणमा तत्कालीन गृहमन्त्री रामबहादुर थापाका प्रमुख सल्लाहकार इन्द्रजित राई र नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीको संलग्नता रहनु गम्भिर भएको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।
साथै सांसद रायमाझी र पूर्व गृहमन्त्रीका सल्लाहकार राईलाई पक्राउ गरी अनुसन्धान गर्न माग गरेका हुन् । छानबिनको लागि युवा संघले सघाउनेमा आफू प्रतिबद्ध रहेको उनले बताए ।