जापानबाट विपिन केसीकाे नयाँ गीत ‘तिम्रै लागि जिन्दगी’ सार्वजनिक (भिडिओसहित)

टोकियो । बागलुङ गलकाेट-८ का विपिन केसीले ‘तिम्रै लागि जिन्दगी’ बाेलकाे गीत सार्वजनिक गरेका छन् । केसी लामाे समयदेखि जापान बस्दै आएका छन् ।

विपिन केसी युट्युब च्यानलमार्फत सार्वजनिक भएको गीतमा शब्द पनि केसीकै रहेको छ ।

गीतकाे भिडिओमा सामाजिक समस्या उजागर गर्न खाेजिएकाे छ । विदेशमा दु:ख गरेर कमाएकाे सम्पत्ती श्रीमतीकाे नाममा पठाएकाे र नेपाल फर्कँदा श्रीमती अरुसँग गएकाे भयानक स्थिति देखाइएकाे छ ।

मदन खड्काले निर्देशन गरेको गीतको म्युजिक भिडिओमा जय देवकोटा र हिमा थापाको अभिनय देख्न सकिन्छ । भिडिओ अनिल रानाले सम्पादन गरेका हुन् । चक्रबहादुर बरालको छायाङ्कन रहेकाे गीतको मिक्सिङ जय देवकोटाले गरेका हुन् ।

दोहोरी गीत प्रतिष्ठान नेपाल–जापान शाखाका सल्लाहकारसमेत रहेका केसीले गीत युवादेखि सबै उमेर समूहले मन पराउने अपेक्षा गरेका छन् ।

हेर्नुहाेस् भिडिओ :

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१