काठमाडौं । सामाजिक सञ्जाल ट्विटरको लोगोमा फेरि पनि निलो चरो देखिएको छ।
गत सोमबार ट्विटरको लोगोमा चराको साटो एउटा कुकुर देखिएको थियो। आफ्नो लोगो फेरिएकोबारे ट्विटरले सार्वजनिक रूपमा कुनै पनि जानकारी दिएको थिएन।
ट्विटरका मालिक एलन मस्कले चराको साटो कुकुरको आकृति भएको एउटा तस्बिर राखेर त्यसको संकेत गरेका थिए।
मस्कले लोकप्रिय क्रिप्टोकरेन्सी कम्पनी-डोजक्वाइनको लोगोलाई ट्विटरमा राखेका थिए।
शुक्रबार भने ट्विटरमा पुरानै लोगोमा रहेको निलो चरो देखिएको छ।