• २०८३ असार १२
  • 2026 June 26, Friday

पदम लिम्बूलाई शहीद घोषणा गर्ने सरकारको निर्णय

काठमाडाैं । सरकारले कोशी नामकरण विरुद्धको आन्दोलन क्रममा निधन भएका पदम लिम्बूलाई शहीद घोषणा गर्ने निर्णय गरेको छ ।

शुक्रबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद्‌ बैठकले लिम्बूलाई शहीद घोषणा गर्ने निर्णय गरेको प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

यस्तै‚ उनका परिवारलाई क्षतिपूर्ति दिने पनि निर्णय भएको उनले बताइन् ।

कोशी प्रदेशको पुनः नामाङ्कनको माग गर्दै विराटनगरमा चैत ५ गते भएको प्रदर्शनमा प्रहरीको लाठी प्रहारबाट लिम्बू घाइते भएका थिए उनको उपचारका क्रममा चैत १० गते निधन भएको थियो ।

लिम्बू कुमार लिङ्देन नेतृत्वको संघीय लिम्बुवान प्रान्तीय मञ्चका सचिवालय सदस्य थिए ।