
काठमाडौं । नेपाली सेनाको सर्भरमा अनाधिकृत पहुँच पुर्याएको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा स्याङ्जाको वालिङ नगरपालिका-१० का २१ वर्षीय सागर ढकाल छन् ।
उनी पश्चिमाञ्चल इञ्जिनियरिङ कलेजमा स्नातक तेस्रो वर्ष अध्ययरत विद्यार्थी हुन् ।
बाटुलेचौरमा डेरा बस्ने उनले घर धनीको इन्टरनेट प्रयोग गरेर सेनाको सर्भरमा अनधिकृत पहुँच पुर्याएको साइबर ब्यूरोका एक वरिष्ठ प्रहरीले जानकारी दिए ।
प्रहरीका अनुसार पक्राउ परेका ढकालले सेनाबाट के–के विवरण लगेका थिए भन्ने खुलेको छैन ।
उनले के प्रयोजनका लागि सेनाको सर्भर ह्याक गरे भन्ने पनि खुलेको छैन । यसबारे विस्तृत अनुसन्धान भइहेकाे प्रहरीले बताएका छन् ।