शाहरुख खान बने संसारकै प्रभावशाली व्यक्ति

काठमाडौं । अभिनेता शाहरुख खान भारतीय फिल्मका ठूला स्टारमध्ये एक हुन् । आफ्नो करिअरमा उनले १०० भन्दा बढी फिल्ममा काम गरेका छन् । धेरै हलिउड स्टारले पनि उनीसँग कुनै दिन सँगै काम गर्ने इच्छा जनाएका छन् । यही सन्दर्भमा शाहरुख विश्वका सबैभन्दा प्रभावशाली व्यक्ति घोषित भएका छन् ।

प्रतिष्ठित टाइम म्यागजिनले शाहरुखलाई सूचीको शीर्षस्थानमा राखेको छ । चाखलाग्दो कुरा के छ भने शाहरुखले शीर्षस्थानमा रहन चर्चित अन्तर्राष्ट्रिय सेलिब्रिटीलाई पनि उछिनेका छन् । उनले एलन मस्क, लियोनल मेसी, मिसेल योह, सेरेना विलियम्स, मार्क जुकरबर्ग, बेयोन्सेजस्ता हस्तीलाई उछिन्दै प्रभावशाली व्यक्तिको उपाधि जितेका हुन् ।

म्यागजिनले सञ्चालन गरेको टाइम हन्ड्रेड पोलमा यो नतिजा आएको उल्लेख गरिएको छ । म्यागजिनले शाहरुखलाई भारतका लोकप्रिय सुपरस्टार भएको बताउँदै उनलाई नाइट राइडर्स ग्रुपजस्ता क्लबको सहसंस्थापकको रुपमा चिनाएको छ । दिलवाले दुल्हनियाँ ले जाएँगे र कुछ कुछ होता है जस्ता फिल्मबाट शाहरुखको छवि सुपरस्टारको रुपमा स्थापित भएको टाइमले जनाएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१