• २०८३ साउन ९
  • 2026 July 25, Saturday

१८० किलो गाँजासहित भारतीय नागरिक पक्राउ

चितवन । चितवनको राप्ती नगरपालिका–१, लोथरबाट १८० किलो अवैध लागुऔषध गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले शनिबार पत्रकार सम्मेलन गर्दै बीआर ०६ जी २१२८ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा ट्रकभित्र लुकाई छिपाई ल्याएको उक्त परिमाणको गाँजा फेला पारी ट्रक चालक भारत पूर्वी चम्पारण बिहार रक्सोल–८ बस्ने ३० वर्षीय कुन्दन पटेललाई पक्राउ गरि सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक सुवास भटट्को कमाण्ड खटिएको टोली विशेष सूचनाका आधारमा लागुऔषध गाँजासहित पटेललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी रामेश्वर कार्कीले जानकारी दिए । बरामद भएको गाँजा सबैको रोहवरमा नष्ट गरिने उनले बताए ।

चालक पटेलले ट्रकको क्याविनको भागमा फल्स बटम बनाई १६ वटा पोका बनाएर लुकाईछिपाई ल्याउन खोजिएको लागुऔषध गाँजा बरामद गरेको कार्कीले जानकारी दिए ।