• २०८३ असार १२
  • 2026 June 26, Friday

सभामुख कार्यालयमा तीन पूर्वप्रधानमन्त्रीको जम्काभेट!

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित शीर्ष नेताहरूसँग भेटवार्ता गरेका छन्।

शनिबार सिंहदरबारस्थित सभामुखको कार्यालयमा प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेट भएको हो।

प्रतिनिधि सभाको बैठकलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल गर्ने एजेन्डा रहेको सभामुखको सचिवालयले जनाएको छ।