लेखराज भट्टको निवासमा प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका केन्द्रीय सचिव लेखराज भट्टबीच भेटवार्ता भएको छ। आज (आइतवार) एमाले सुदूरपश्चिम इन्चार्ज समेत रहेका भट्टको निवासमै उनीहरूबीच भेटवार्ता भएको हो। भेटवार्ता अहिले पनि जारी रहेकाले के कुरा भैरहेको छ भन्नेबारे खुल्न सकेको छैन।

स्रोतका अनुसार प्रचण्ड लेखराजको निवासमा खाना खाएर केहीबेरमा महेन्द्रनगर प्रस्थान गर्नेछन्। लेखराज पूर्व माओवादी नेता समेत हुन्। उनी नेकपा विभाजनका बेला एमालेमा समाहित भएका थिए। अहिले उनले प्रचण्डसंग भेटवार्ता गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

यस्तै प्रधानमन्त्री प्रचण्ड आजै राजधानी फर्कने कार्यक्रम छ। उनी साँझ साढे ५ बजे फर्कने कार्यतालिका रहेको छ। बिहान बुद्ध एअरको उडान नम्बर एचबीएचए २५१ बाट धनगढी पुगेका उनी बेलुकी श्री एअरलान्सको उडान नम्बर एसएचए २२६ बाट राजधानी फर्कनेछन्। सुदूरपश्चिम विश्वविद्यालयको दिक्षान्त समारोहमा सहभागि हुन प्रधानमन्त्री सुदूरपश्चिम आएका हुन्।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१